कालोपट्टी बाँधेर र कविता टाँसेर सिमा अतिक्रमणको विरोध

कालोपट्टी बाँधेर र कविता टाँसेर सिमा अतिक्रमणको विरोध

  • बुधबार, मंसिर २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

२५ मंसिर, काठमाडौं ।
नेपाली श्रष्टाहरुले नौलो शैली अपनाएर नेपाली भूमि अतिक्रमण गर्ने भारतको विरोध जनाएका छन् । क्रान्तिकारी मार्क्सवादी तथा देशभक्त युवाहरुको संगठनले आज काठमाडौंको सडक किनारका भित्तामा कविता टाँसेर र टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । सो क्रममा उनीहरुले आफ्ना रचना वाचन पनि गरेका थिए ।

भारतले नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभागमा अतिक्रमण गरेपछि ‘सडक कविता आन्दोलन’को दोस्रो कार्यक्रमअन्तर्गत यसरी विरोध जनाइएको हो । उनीहरुले पहिलो कार्यक्रमअन्तर्गत हिजो पनि सडकमै उभिएर राष्ट्रवादी कविता वाचन गरेका थिए ।

आजको कार्यक्रममा सडक कविता आन्दोलनका संयोजक रसुवाली कवि, बीपी विद्रोही, दिपेन सिम्खडा, दामोदर ढकाल, रत्न प्रसाद अनाममणी, नवराज विष्ट, रणबहादुर राना लगायत सहभागी थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी थिए । श्रष्टाहरुले ‘सडक कविता आन्दोलन’ कार्यक्रम निरन्तर अगाडि बढाउने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ