मंसिर २५, काठमाडौँ ।
अनलाइन ठगी र बैंकको सिस्टम हृयाक गर्ने गिरोह पक्राउ परेको छ । सर्वसाधारणलाई आकर्षक उपहार र विदेशबाट सामान आएको बहानामा ठगी गर्ने गिरोह लाई प्रहरीले पक्राउ गरेको हो ।
ठगीबाट संकलन गरेको करिब १७ करोड रुपैयाँ पनि फेला परेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार विभिन्न दर्जन बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको हो।
अनुसन्धानका क्रममा कृषि विकास बैंकको हृयाकिङमा संलग्नहरुसँग समेत उनीहरुको कनेक्सन देखिएको प्रहरीले जनाउको छ । एसएसपी सहकुल थापाले भन्नुभयो, ‘करिव १६÷१७ करोडको कारोबार देखिन्छ ।’
उहाँका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको र यसबारे अनुसन्धान गर्न पत्राचार भइरहेको छ ।
यसबारे जानकारी दिन प्रहरीले आजै पत्रकार सम्मेलन गर्दैछ ।