कुहिने, नकुहिने र पुनः प्रयोग हुने फोहर छुट्टाछुट्टै नराख्ने घरबाट फोहर नउठाउने महानगरको चेतावनी !

कुहिने, नकुहिने र पुनः प्रयोग हुने फोहर छुट्टाछुट्टै नराख्ने घरबाट फोहर नउठाउने महानगरको चेतावनी !

  • बुधबार, मंसिर २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, २५ मंसिर ।

काठमाडौँ महानगरपालिकाले कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहर फकर–फरक तरिकाले नराखिएका घरबाट फोहर संकलन नगर्ने चेतावनी दिनएको छ ।

फोहर सङ्कलन गर्न गएका गाडीमा पनि सोहीअनुरुप फोहर राख्नुपर्ने महानगरपालिकाले जनाएको छ । फोहरको अन्तिम व्यवस्थापन स्थानसम्म पु¥याउनु अघि नै संकलन गर्ने स्थानबाटै फोहरको वर्गीकरण गरी लैजाने तयारी स्वरुप घरधनीहरुलाई सचेत गराउन सुरु गरेको हो । त्यसका लागि महानगरपालीकाले ३२ वटै वडाप्रमुख र अन्य सरोकारवालासँग छलफल गरिरहेको छ ।

शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगरी व्यवस्थापन समस्या आएको भन्दै महानगरपालिकाका सबै वडामा यस किसिमको व्यवस्था गर्न लागिएको हो । उक्त व्यवस्था लागु गर्नुअघि फोहर व्यवस्थापन गर्ने कार्य र व्यावस्थापनको बिषयमा वटै वडाप्रमुख र अन्य सरोकारवालासँग छलफल गरेको महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनु भयो ।

फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच सहकार्य गर्ने विषय अघि बढेको उहाँको भनाइृ छ । उहाँले दीर्घकालीन ल्याण्डफिल निर्माणपछि पनि काठमाडौँका स्थानीय तहले वर्गीकरण गरेर मात्रै अन्तिम विसर्जन गर्ने स्थानसम्म लग्नुपर्ने अन्यथा पुनः समस्या आउने जानकारी दिनुभयो ।

उत्पादन भएका सबै फोहरलाई अन्तिम व्यवस्थापन स्थानसम्म लैजाँदा छोटो समयमै उक्त स्थानहरु भरिने गरेका र धेरै पुनः प्रयोग गर्न मिल्ले फोहरजन्य सामग्रीको पनि प्रयोग हुन नसक्दा यस किसिमको व्यवस्था गर्न लागिएको हो ।

यस विषयमा सम्बन्धित वडाले नागरिकलाई जानकारी दिनेछ । जानकारीभन्दा फरक तरिकाले फोहर घरधनीले राखेमा उक्त घरको फोहरनै सङ्कलन नगर्ने चेतावनी महानगरपालिकाको छ ।

काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट अहिले नुवाकोटको सिसडोलमा वर्गीकरणबिनाकै फोहरको व्यवस्थापन गरिँदै आएको छ ।

ककनीमा हाल दैनिक एक हजार मेट्रिक टन फोहर लगिने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

सबैभन्दा बढी कामपाबाट दैनिक ५०० मेट्रिक टन फोहर विसर्ज हुने गरेको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल फोहरले भरिए पनि उक्त स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ