काठमाडौं । मंगलवार राष्ट्रिय मानवअधिकार आयोगले ७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा कार्यक्रमको आयोजना गर्यो । तर पिडितले भने उक्त कार्यक्रम नै बहिस्कार गरे । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापालाई प्रमुख अतिथि देखेपछि पीडितले रूँदै कार्यक्रम बहिस्कार गरेका हुन् ।
मंगलबार ललितपुरस्थित आयोग परिसरमा आयोजित कार्यक्रममा तत्कालीन माओवादी नेता एवं गृहमन्त्री थापालाई प्रमुख अतिथि देखेपछि पीडितहरू रूँदै बाहिरिए । माओवादीपीडित सावित्री श्रेष्ठले आयोगले थापालाई प्रमुख अतिथि बनाएको देखेपछि कार्यक्रम नै बहिस्कार गरेकी हुन् ।
श्रेष्ठले मुलुकमा हत्या र हिंसामार्फत् निरापराध नागरिक मार्ने कार्यमा संलग्न ठानिएका व्यक्तिलाई नै प्रमुख अतिथि बनाएकाले यस्तो कार्यक्रममा आफू बस्न नसक्ने बताइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline