काठमाण्डौं मंसीर २४ । काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको छ।
उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।
स्रोतका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको बताइएको छ। केही दिन अघि मात्रै एपेन्डीसाईटको अप्रेसन पछि डिस्चार्ज भएका ओली चिकित्सकको निगरानीमा सरकारी निवासमा रहदै आएका छन् ।
उनको मृगौलाले कम काम गर्न थाले पछि नियमित डायलाईसिस हुदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline