राष्ट्रपतिबाट हिउदे अधिवेशन आव्हान, सभामुख चयन पहिलो काम

राष्ट्रपतिबाट हिउदे अधिवेशन आव्हान, सभामुख चयन पहिलो काम

  • मङ्लबार, मंसिर २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाण्डौं मंसीर २४ । संसदको हिउँदे ९पाँचौं० अधिवेशन पुस ४ गतेका लागि आव्हान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पुस ४ गते दिउसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जानकारी दिए ।

दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सम्वत २०७६ पुस १६ स् ०० बजे अर्न्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौंमा संघीय संसदको दुवै सदनको अधिवेशनको आह्वान गर्नु भएको छ ।’

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले पुस ४ गते संसदका दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको थियो ।
संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

चौथो अधिवेशन असोज २ गते अन्त्य भएको थियो । सदनको पहिलो काम सभामुख चयनमा हुने छ । पूर्व सभामुख कृष्ण बहादुर महरा यौन दुरव्यवहारको आरोपमा जेल चलान भए पछि रिक्त रहेको सभामुख चयन गर्न नेकपाले आन्तरीक गृहकार्य गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ