मानव विकास प्रतिवेदन—२०१९ सार्वजनिक, नेपाल १४७ औ स्थानमा

मानव विकास प्रतिवेदन—२०१९ सार्वजनिक, नेपाल १४७ औ स्थानमा

  • मङ्लबार, मंसिर २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ, २४ मङ्सिर ।

मानव विकास प्रतिवेदन—२०१९ मंगलवार काठमाडौंमा सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ‘मानव विकास प्रतिवेदन २०१९’ अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गर्नुभयो ।

नयाँ प्रतिवेदनमा नेपाल विश्व मानव विकास सुचंकाकको मध्यम श्रेणीमा परेको छ ।  मानव विकासको सुचंकाकमा १ सय ८९ मुलुक मध्ये नेपाल १४७ औ स्थानमा रहेको छ । यो अफ्रिकी मुलुक केन्याको समान हो ।

सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचकांकमा ०।५२६ ले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यस अवघिमा नेपालमा जन्मदर औसत आयु १६ दशमलब १ रहेको छ भने विद्यालय शिक्षाको मध्यम वर्ष २ दशमलब ८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलब ७ वर्षले वृद्धि भएको छ ।

अर्थमन्त्री डा।युवराज खतिवडाले काठमाडौमा सार्वजनिक गरेको प्रतिवेदनले एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार हुदै गएको देखाएको छ ।

दक्षिण एसियामा मानव विकासमा उल्लेख्य सुधार भए पनि सन्तोषजनक र असन्तुलित रहेको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियामा औसत आयु र बालबालिकाको विद्यालय जाने अविधिमा ठूलो बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले नयाँ प्रकारका असमानता, प्रविधि, शिक्षा, जलवायुजस्ता समस्याले दक्षिण एसीया प्रभावित हुने औल्याएको छ ।

प्रतिवेदनले सामाजिक बहिष्करण, लैंगिक विभेदलगायतका समस्या प्रगतिको बाधक भएको निष्कर्ष पनि निकालेको छ ।

यता, विश्व मानव अधिकार दिवसको अवसरमा आज काठमाडौंमा प्रभातफेरी निकालिएको छ । भृकुटीमण्डपबाट निकालिएको प्रभातफेरी विभिन्न स्थानको परिक्रमापछि शान्ति बाटिकामा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा विभिन्न मानव अधिकारवादी संघ, संस्थाको सहभागिता थियो । प्रभातफेरीमा सहभागीहरुले नेपालमा मानव अधिकारको अवस्था दयनीय रहेको भन्दै मानव अधिकार रक्षाका लागि सरकारसंग आग्रह गरेका छन् ।

उनीहरुले महिला अधिकार र बालअधिकारको क्षेत्रमा पनि समस्या रहेको भन्दै सबैको अधिकारप्रति गंभिर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ