७१ औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस नेपालमा पनि मनाइदैं

७१ औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस नेपालमा पनि मनाइदैं

  • मङ्लबार, मंसिर २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

२४ मंसिर, काठमाडौं । आज ७१ औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैं छ ।

सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघले यो वर्षको नारा “युथ स्ट्याण्डिङ अफ ह्युमन राइटस“ भन्ने तय गरेको छ । यो घोषणापत्र सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको घोषणापत्र हो ।

यसैबीच आजदेखि काठमाडौँमा ११ औं मानव अधिकार राष्ट्रिय महाभेला हुने भएको छ । सन् २००९ बाट नेपालमा मनाउन थालिएको महाभेला यसपटक सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो ।

महाभेलाको अवसर पारेर गैर सरकारी संस्था महासंघले यो वर्षदेखि ३ वटा सम्मान र पुरुस्कार पनि वितरण गर्ने भएको छ ।

यसैबीच महिलामाथि हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि आजै सकिँदै छ । नोभेम्बर २५ देखि शुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज सकिन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ