अखिल (क्रान्तिकारी) र युवा संगठनद्धारा बाँकेमा विद्यार्थीमाथिको दमनको विरोध(विज्ञप्तिसहित)

अखिल (क्रान्तिकारी) र युवा संगठनद्धारा बाँकेमा विद्यार्थीमाथिको दमनको विरोध(विज्ञप्तिसहित)

  • सोमवार, मंसिर २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

बाँके, २३ मंसिर ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमनको बिरोध गर्दै र्दुघटनामा घाईते चन्दको उपचार र क्षतिपुर्तिको माग गरेको छ ।

अखिल (क्रान्तिकारी) जिल्ला समिती बाँकेका संयोजक डीबि साहीले विज्ञप्ति जारी गर्दै विद्यार्थिको न्यायपुर्ण आन्दोलनमा गरिएको प्रहरी दमन तत्काल बन्द गरी समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ ।

आईतवार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला समिती बाँकेले पनि प्रहरीको उक्त घटनामा गैरजिम्मेवार रबैयाप्रति गम्भिर ध्यानाकर्शन भएको बताएको छ ।

संगठनका अध्यक्ष दिपेशले आज विज्ञप्ति जारी गर्दै उक्त आन्दोलनमा गोली चलाउन आदेश दिने ईलाका प्रहरी कार्यालयका प्रमुखको राजिनामा माग गर्नुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ