मिचिएको नेपाली भूमि फिर्ताको माग गर्दै नरेन्द्र मोदीलाई नेमकिपाले पठायो पत्र, दुतावास अगाडि प्रदर्शन(पत्रसहित)

मिचिएको नेपाली भूमि फिर्ताको माग गर्दै नरेन्द्र मोदीलाई नेमकिपाले पठायो पत्र, दुतावास अगाडि प्रदर्शन(पत्रसहित)

  • सोमवार, मंसिर २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं २३ मंसिर ।
नेपाल मजदूर किसान पार्टीले आज भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको छ । पत्रमा नेमकिपाले पछिल्लो राजनीतिक नक्सा खारेज गर्न माग गरिएको छ । पत्र बुझाउनु अघि नेमकिपाले भारतीय दूतावास अगाडिसमेत प्रदर्शन गरेको थियो ।

प्रदर्शनपछि नेमकिपाका सचिव प्रेम सुवालद्वारा हस्ताक्षरित पत्र भारतीय दूतावासमा बुझाएको नेमकिपाले जनाएको छ । उक्त पत्र भारतीय प्रधानमन्त्री मोदीसम्म पुगोस् भनेर प्रदर्शनकारीले माग समेत गरेका थिए ।

पत्रमा भारत सरकारले नेपाली भू भाग लिम्पियाधुरा, कालापानी, लिपुलेक समेत आफ्नो नक्सामा गाभेर विसं २०७६ कार्तिक १५ गते तद्नुसार सन् २०१९ नोभेम्बर १ मा नयाँ नक्सा जारी गरेकोप्रति नेमकिपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ