काठमाडौं २३ मंसिर ।
भारतिय हस्तक्षेपका बिरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले डडेल्धुरामा बिरोध प्रर्दशन गरेको छ ।
अखिल ( क्रान्तिकारी ) डडेल्धुराले जिल्लाको आलितालमा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीतामा भारतीय हस्तक्षेप र सिमा अतिक्रमण का विरुद्धमा आज विरोध प्रदर्शन गरेको हो ।
बिरोध प्रर्दशन पछि साथै कोणसभा मा अखिल क्रान्तिकारी डडेल्धुरा का अध्यक्ष शंकर खाती ले सम्बोधन गर्दै सिमा रक्षाका लागि बलिदान दिन तयार रहेको बताउनु भएको थियो ।
भारतले नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेपछि नेकपाले नेपाली भुमि फिर्ताको माग गर्दै बिभिन्न माध्यमबाट बिरोध गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline