बालबालिकामाथि दमनमा संलग्नलाई कार्वाहि गर्न अनेरास्ववियुको माग

बालबालिकामाथि दमनमा संलग्नलाई कार्वाहि गर्न अनेरास्ववियुको माग

  • सोमवार, मंसिर २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २३ मंसिर ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुले बाँकेको कोहलपुरमा आइतबार कलिला बालबालिकामाथि निर्मम दमन भएको भन्दै घटनामा सङ्लग्न दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।

सो सङ्गठनका सहसंयोजक रञ्जीत तामाङले आज विज्ञप्ति जारी गरी स्थानीय त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा हुइँकिएर आएको ना२ख ९४५९ नंको ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थी आक्रोशित भएर विरोधमा उत्रनु स्वाभाविक भएको जनाउनुभएको छ ।

घटनालाई संयमीत बनाउनतिर लाग्नुभन्दा आगोमा घीउ थप्ने काम सुरक्षाकर्मीबाट भएको भन्दै सो सङ्गठनले दोषीलाई कारवाही र घाइतेको स्वास्थ्योपचारको माग पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ