गुप्तचरलाई फोन ‘ट्यापिङ’को अधिकार दिइँदै, टेलिफोन कुराकानी रेकर्ड गर्न पाउने !

गुप्तचरलाई फोन ‘ट्यापिङ’को अधिकार दिइँदै, टेलिफोन कुराकानी रेकर्ड गर्न पाउने !

  • सोमवार, मंसिर २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, २३ मंसिर । सरकारले राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ ।

विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ ।

संसद्मा दर्ता भइसकेको ‘नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा गुप्तचरमा ब्यापक परिवर्तन गर्न लागिएको छ ।

विभागलाई बलियो बनाउन प्रधानमन्त्री तथा मुख्यसचिबको नेतृत्वमा दुई समिति हुनेछन् ।

फोन इन्टरसेप्सनको अधिकार

विभागलाई पहिलोपटक फोन इन्टरसेप्सनको (गोप्य रुपमा टेलिफोन कुराकानी रेकर्ड) को अधिकारसमेत दिन लागिएको छ ।

विधेयकको १० मा यससम्बन्धी व्यवस्था छ । दुरुपयोग हुनसक्ने र नागरिकको गोपनियताको हक हनन् हुनसक्ने भएकाले यो अधिकार भने विवादितसमेत हुन सक्ने देखिएको छ । –नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ