चितवन अटो दुर्घटनाः मृतक चार जनाको सनाखत

चितवन अटो दुर्घटनाः मृतक चार जनाको सनाखत

  • आइतवार, मंसिर २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

चितवन, २२ मंसिर । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटनामा परि मृत्यु भएका पाँच मध्ये ४ जनाको सनाखत भएको छ ।

पूर्वी चितवनको भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा हिजो साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका चार जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका पिपलटार स्थायी घर भइ हाल खैरहनी नगरपालिका–८ बस्ने वर्ष ४९ का श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ बस्ने वर्ष ४२ का विश्वमणि भण्डारी, राप्ती नगरपालिका–९ बस्ने वर्ष २५ की मिना खड्का, राप्ती नगरपालिका–९ बस्ने वर्ष ३२ की माया तामाङ रहेका छन् । अर्का एक महिलाको सनाखत भएको छैन ।

तिवारी, भण्डारी, खड्काको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो भने तामाङ र अर्का एक महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि भरतपुर शव गृहमा राखिएको छ ।

मृत्यु हुनेमध्ये २ जना पुरुष र ३ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अटो आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ