साग महिला फुटबल :भारतसँग नेपाल पराजित,स्वर्णका लागि भारतसगै खेल हुने

साग महिला फुटबल :भारतसँग नेपाल पराजित,स्वर्णका लागि भारतसगै खेल हुने

  • शनिबार, मंसिर २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालाको फुटबल मैदानमा आज लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको हो ।

लिगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले आजको खेल औपचारिकताका लागि मात्र थियो । भारतको जितमा खेलको पहिलो हाफको १८औँ मिनेटमा एनजी बाला देवीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

डेङ्गमी ग्रेनसले प्रहार गरेको ‘कर्नर किक’लाई अनमार्क रहेकी एनजी देवीले हेडमार्फत सेकेण्ड बार च्याप्दै बललाई पोष्टको दिशा दिएकी थिइन् । खेलमा फर्कन कडा मेहनत गरेको नेपालले बराबरीका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । नेपालका फरवार्ड सावित्रा भण्डारीलाई विपक्षी खेलाडीले आज खुलेर खेल्ने मौका नै दिएनन् ।

समूह चरणका तीन खेल जितेको भारत नौ अङ्कसहित समूह विजेता बनेको छ भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै छ अङ्कका साथ समूह उपविजेता बन्यो । नेपाल र भारतले पुनः आगामी मङ्सिर २३ गते स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले विपक्षी टोलीले पाएको कर्नर बल रोक्न नसक्नु टोलीका लागि दुर्भाग्य भएको बताउँदै फाइनल खेलमा गल्ती कम गर्दै स्वर्णका लागि खेल्ने बताउनुभयो ।

भारतीय टोलीका प्रशिक्षक मेयामोल रकीले खेलाडीको प्रदर्शनभन्दा पनि खेलको नतिजासँग आफू सन्तुष्ट रहेको बताउँदै खेल अत्यन्त प्रतिष्पर्धापूर्ण रहेको प्रतिक्रिया दिनुभयो । महिला फुटबलमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलङ्कालाई पराजित गर्दै कास्य पदक जितेको छ ।

यही मङ्सिर १७ गतेदेखि शुरु भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ