मंसीर २१ काठमाण्डौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई हराएको छ ।
शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । एक शुन्यले पछि परेको अवस्थामा नेपालका लागि अभिषेक रिजाल र अनन्त तामागंले नेपाललाई जीताउने दुई महत्वपूर्ण गोल गरे ।
खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाएका थिए ।
तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलमा ५१ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २–१ को जित दिलाए ।
जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले ३ खेलमा ७ अंक जोडेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline