म्याराथनमा धावक किरण बोगटीले जिते स्वर्ण पदक

म्याराथनमा धावक किरण बोगटीले जिते स्वर्ण पदक

  • शनिबार, मंसिर २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडाैं, २१ मंसिर ।

तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो ।

सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जित्नुभयो । उहाँले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जित्नुभएको हो । भारतकै श्रे सिंहले कास्यपदक हात पार्नुभयो । उहाँले २ घण्टा २२ मिनेट ०७ सेकेन्डसहित कास्य जित्नुभएको हो ।

सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । उहाँले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाउनुभएको थियो । अहिलेसम्म त्यो कीर्तिमान भङ्ग हुन सकेको छैन । सोही स्पर्धाको महिलातर्फको श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जित्नुभयो । उहाँले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जित्नुभएको हो ।

त्यस्तै नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पार्नुभयो । उहाँले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गर्नुभयो । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पार्नुभयो । एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पार्नुभयो ।

उहाँले १ मिनेट ५१.४४ सेकेन्डको समय खर्चनुभयो । १ मिनेट ५०.५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१.२५ सेकेन्डको समयसहित रजत पदक हात पार्नुभयो । जारी सागमा नेपालका यो ४२औँ स्वर्ण पदक होे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ