कैलाली मंसीर २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा शुक्रबार धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन–२०७६’लाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
पार्टी र व्यक्तिको नामै नलिईकन प्रचण्डले समाजवादको बाटो तय भएको हुँदा शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्।
‘केही साथीहरु यता सुदूरपश्चिम तिर बल गर्नुभएको थियो, अब उहाँहरुको केही जोर चल्दैन, ’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘उहाँहरुले गल्ती गर्नुभा‘छ, आउनुहोस्, मूलधारमा आएर जनताको विकास र समृद्धिको काममा एकताबद्ध भएर समाजवादी अभियानतिर जान पाइएको छ। म ती साथीहरुलाई अनुरोध गर्दछु, धेरै ढिलो नगरौँ, गल्ती हुन्छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline