मंसीर २० कपिलबस्तु । यतिबेला जनता सरकारप्रति निराश छन् भन्ने आवाज नउठेको होईन । तर के जनताले अहिलेको व्यवस्था , दल र नेताको विकल्प फेरी राजा सहितको व्यवस्थाको पुनस्र्थापना हो त ? त्यो पनि विष्लेषकहरु यकिन मान्न तयार छैनन् ।
आखिर त्यसो भए पूर्व राजाको पूर्व पश्चिमम देश दौडाहा र मन्दिरको पूजा दर्शनका बेला मानिसहरुको ठूलो भीड किन लागिरहेको छ ? मानिसहरु चुनावमा भोट हाल्न पनि गएकै छन् , पूर्व राजाको पछि फुल बोकेर पनि हिडेकै छन् , आखिर जनता के चाहन्छन् ? यो प्रश्न सर्वत्र उठ्न थालेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह पाल्पा कपिलबस्तु सहित विभिन्न जिल्लाको दौडाहामा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline