पार्कीले दिलाए नेपाललाई एथलेटिक्समा स्वर्ण

पार्कीले दिलाए नेपाललाई एथलेटिक्समा स्वर्ण

  • शुक्रबार, मंसिर २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

मंसीर २० काठमाण्डौं । १३औं दक्षिण एसियाली खेलकुद सागको एथ्लेटिक्सतर्फ नेपालले थप एक स्वर्णपदक जितेको छ ।

शुक्रबार नेपालका गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर दौडमा स्वर्णपदक जितेका हुन् ।

दशरथ रंगशालामा पार्कीले निर्धारित् दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरे ।

१४ मिनेट ५५.२१ सेकेन्डमा दूरी पूरा गरेका भारतका सुनिल दवार दोस्रो हुँदै रजत जिते । १४ मिनेट ५७।०५ सेकेन्डमा दूरी पूरा गरी नेपालकै हरि रिमालले कास्यपदक जिते ।

स्वर्ण जितेपछि पार्कीले देशका लागि आफूले ऋण तिर्न सफल भएको प्रतिक्रिया दिए ।

जारी सागमा एथ्लेटिक्सतर्फ नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि, नेपालकी सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्णपदक जितेकी थिइन् ।

शुक्रबार भएको ५ हजार मिटर दौडमा भने सन्तोषी पदकबाट चुकिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ