नेपाली महिला क्रिकेट टिम श्रीलंकासँग पराजित

नेपाली महिला क्रिकेट टिम श्रीलंकासँग पराजित

  • शुक्रबार, मंसिर २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

मंसिर २०, पोखरा । श्रीलंका १३ औं दक्षिण एसियाली खलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फाइनलमा अब बंगलादेश र श्रीलंका भिड्ने भएका छन् । नेपालले कांस्यका लागि शनिबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो।

११९ रनको लक्ष्य पच्छ्याएर ब्याटिङमा आएको नेपाली टिमले २० ओभरमा ९ विकेट गुमाउँदै मात्रै ७७ रन पुरा बनायो।

नेपालकी रुविना क्षत्री, अप्सरा बेगम, कविता कुँवर र करुणा भण्डारीले बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटु्ल्न सकेनन्।

नेपालका सिता रानामगर, इन्दु बर्मा र डली भट्ट शुन्यमै आउट भए। श्रीलंककी सचिन निशानसालाले ३ विकेट लिइन् भने सत्थ्य सन्दिपानीले ४ ओभर बलिङ गर्दै २ विकेट लिइन् भने १ मेडन ओभर राखेर जम्मा ५ रन खर्च गरिन्।

पहिले ब्याटिङ गरेको श्रीलंकाको तर्फबाट लिहिनी अप्सराले सर्वाधिक ३७ रन बनाइन् भने जनादी अनालीले ३५ रन जोडिन्।

नेपालको तर्फबाट सरस्वती कुमारी र सोनु खड्काले २र२ विकेट लिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ