हेर्नुहाेस्, समृद्धिका चार र सुखका ६ सूचक !

हेर्नुहाेस्, समृद्धिका चार र सुखका ६ सूचक !

  • बिहिबार, मंसिर १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

ललितपुुर, १९ मङ्सिर।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले चालु पन्ध्रौंँ योजनामा नागरिकलाई सुखी र समृद्ध बनाउने लक्ष्य कार्यान्वयन गराउन आयोग तत्पर रहेको बताउनुभएको छ ।

नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानून सङ्कायले आज आयोजना गरेको ‘समृद्ध नेपाल निर्माण गरी गुणस्तरीय जीवनयापन गर्नका लागि आवश्यक आर्थिक रुपान्तरण’ विषयको कार्यक्रममा उपाध्यक्ष कँडेलले दिगो विकासका १७ लक्ष्यमध्ये १० लक्ष्यमा समृद्धिका चार र सुखका छ सूचक, मापदण्ड र दृष्टिकोण समावेश भएको बताउनुभयो ।

सो अवसरमा आयोगका पूर्वसदस्य पुष्कर बज्राचार्यले समृद्धिका लागि सुशासन, विधिको शासन, नागरिक हक, सामाजिक न्याय, वातावरणीय सन्तुलनलगायत बहुआयामिक पक्षलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले नीतिनिर्माण तहका र अन्तरराष्ट्रिय दातृ निकाय, विकास साझेदार, निजी क्षेत्र, बौद्धिक वर्ग सबैलाई समृद्ध नेपाल निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो । विश्वविद्यालय व्यवस्थापन तथा कानून सङ्कायका डिन शिलु मानन्धरले यस्ता छलफलले देशको नीति तथा योजना निमार्णमा ठुलो सहयोग पुग्ने भएकाले आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

नेपालका लागि एशियाली विकास बैंकका पूर्व आवासीय प्रतिनिधि सुल्तान हफिस रहमानले बङ्गलादेश कसरी दक्षिण एशियामा सम्पन्न राष्ट्र बन्ने लक्ष्यमा अघि बढिरहेको छ भन्ने विषयमा जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ