मंसीर १९ काठमाण्डौं । पार्टीमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको दुई साता नवित्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल काग्रेस सभापति शेर बहादुर देउवा निवासमा पुगेर छलफल गरेका छन् ।
बुधबार सचिवालयको बैठक राखेर भक्तपुरको एक रिसोर्टमा गएर बास बसेका प्रचण्ड बिहिबार बिहान देउवाको निवासमा पुगेर छलफल गरेका हुन् ।
प्रचण्ड एक्लै बुढानिलकण्ठ पुगेका थिए भने देउवाले अर्का नेता रमेश लेखकलाई सहभागी गराएका थिए ।
भेटमा देउवाले प्रचण्डलाई कार्यकारी अध्यक्ष भएकोमा बधाई दिएको र प्रधानमन्त्री ओलीको बारेमा जिज्ञासा राखेका थिए ।
यसै गरी प्रचण्डले सबै राजनीतिक दलसगँ मिलेर अघि बढ्ने बताएका थिए भने देउवाले विपक्षीलाई नपेल्न सुझाव दिएका थिए ।
दुई नेताबीच द्धन्दकालीन मुद्धा टुगो लगाउने, विधेयकहरु अघि बढाउने,सिमा अतिक्रमण जस्ता विषयमा पनि छलफल भएको बताईएको छ ।