नेपाल महिला फुटबलको फाईनलमा, माल्दिभ्स तीन शुन्यले पराजीत

नेपाल महिला फुटबलको फाईनलमा, माल्दिभ्स तीन शुन्यले पराजीत

  • बिहिबार, मंसिर १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

सावित्रा भण्डारीको हृयाट्रिकसँगै नेपाल १३ औं दक्षिण एसियाली खेलकुद साग महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। नेपालले माल्दिभ्सलाई भण्डारीको तीन गोलको मद्दतले पराजित गरेको हो।

बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो हाफ मै २–० अग्रता लिएको थियो। दुवै गोल सावित्राले गरेकी थिइन्। जुन गोलले पूर्वकप्तान अनु लामाको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग समेत गरेको थियो। पूर्वकप्तान अनुको ३५ गोलको कीर्तिमान छ।

खेल सुरु भएको १६ औं मिनेटमा अग्रता लिएको नेपालले २० औं मिनेटमा अर्को गोल थपेसँगै अग्रता दोब्बर बनाएको हो।
१६ औं मिनेटमा अनिता बस्नेतको पासमा गोल गरेकी साबित्राले २० औं मिनेटमा दोस्रो गोल गरेकी हुन्।

पहिलो गोलसंगै साबित्राले कीर्गिस्तानमा सम्पन्न नाडेज्दा कपमा गोल गर्दै अनुको ३५ गोलको कीर्तिमान बराबरी गरेकी थिइन्।  जसलाई सावित्राले सहजै गोलमा परिणत गरेकी थिइन्। जीतसंगै ६ अंक बनाएको नेपालले फाइनलको यात्रा तय गरेको छ।  नेपालले फाईनलमा उपाधीका लागि भारतसगँ खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ