जयशंकरको वक्तव्य अनुचित,सिमा विवाद अन्तराष्ट्रियकरण गर्न हुदैन

जयशंकरको वक्तव्य अनुचित,सिमा विवाद अन्तराष्ट्रियकरण गर्न हुदैन

  • बिहिबार, मंसिर १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

कैलाली, मंसिर १९ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले वार्ता र छलफलबाटै सीमा विवाद हल गर्नुपर्ने दोहोर्‍याएका छन् ।

बिहीबार धनगढीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र छलफलबाटै सीमा विवाद अन्त्य हुने भएकाले अन्तर्राष्ट्रियकरण गर्न हतार गर्न नहुने बताए ।

‘हामीले पहिला राजनीतिक र कूटनीतिक पहल गरेर संवादबाट यो समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ । अहिले सुरुमा नै अन्तर्राष्ट्रियकरण गर्ने भन्यो भने यो समस्या झन् जटिल हुनसक्छ’–उनले भने ।

सरकारले सर्वपक्षीय बैठकमार्फत् राष्ट्रिय धारणा बनाइ भारतलाई राजनीतिक र कूटनीतिक पहलबाट सीमा विवाद समाधान गर्ने विषयमा पत्र पठाइ सकिएको  बताए ।

‘सरकारले एउटा पत्र भारतलाई पठाएको छ, परराष्ट्र मन्त्रालय मार्फत्’–उनले भने–‘सायद, त्यसको उत्तर आइसकेको छैन ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ