यदी विश्वमा एकैपटक बत्ती निभ्यो भने के हुन्छ ?

यदी विश्वमा एकैपटक बत्ती निभ्यो भने के हुन्छ ?

  • बिहिबार, मंसिर १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

जीवनलाई सरल बनाउन मानवले जति पनि आविष्कार गरेका छन् ती मध्य महत्वपूर्ण हो बिजुली , यो आधुनिक समयको लाईफलाईन हो । विजुली विना आज जीवनको कल्पना पनि असंभव लाग्छ यदी एउटा घरको बिजुली गएर अन्धकार हुन्छ भने घरको सारा काम ठप्प हुन्छ । मानौ जिन्दगी रोकिन्छ यस्तोमा सोच्नुहोस् यदी पुरै देशको बत्ती अन्धकार भयो भने कस्तो हाहाकार मच्चिनेछ । यसको सबै भन्दा ताजा उदाहरण हामीले ल्याटीन अमेरीकी देश भेनेजुएलामा देख्यौं ।
भेनेजुएलामा यस मार्च महिनामा अचानक पुरै देशको पावर सप्लाई बन्द भयो पुरै देश अन्धकार भयो र अचानक पैदा भएको यस स्थितिका लागि देश पहिले देखि तयार थिएन । हरेक तिर हाहाकार मच्चियो । यसको सबै भन्दा असर अस्पतालले झेल्नु पर्यो । ईमरजेन्सीका लागि राखिएको जेनेरेटर बैंक सबै प्रयोग भएर सकिएको थियो । डाक्टरहरु मोबाईलको टर्च बालेर अप्रेसन गरिरहेका थिए , जो बिरामी भेन्टिलेटरमा थिए उनीहरुलाई हातको पम्पको सहाराले सास दिने कोशिस गरियो । आईसियुमा मेसिन बन्द थियो । बिरामीको हालत विग्रिरहेको थियो र डाक्टरहरु लाचार बनिरहेका थिए । विरामीहरु उनीहरुको आखाँको सामुन्ने दम तोडिरहेका थिए । पाच दिन सम्म भेनेजुएलाको यो अवस्था रह्यो । यो पाँच दिनमा विजुली नभएका कारण २६ जनाले देशभरमा जीवन गुमाए ।
बिजुली आपुर्ति संकटको बेला स्वास्थ्य सेवाबारे तथ्याकं जम्मा गर्ने चिकित्सकहरुको भनाई छ कि यस समय जति पनि विरामीहरुको मृत्यु भयो उनीहरु मध्य धेरै जसो डायलेसिसका बिरामहिरु थिए । बिजुली भएको भए मेसिन चलेको भए उनीहरु बाच्न सक्थे ।
भेनेजुएलाको यो उर्जा ब्लेकआउटको असर अस्पताल सम्म मात्र सीमित रहेन यसले धेरै अग्ला भवनमा रहने मानिसहरुले पनि परेशानीको सामना गर्नु पर्यो । लिफ्ट बन्द भएका कारण सबै भन्दा बृद्ध बृद्धा र बच्चाहरुले दुखः पाए । फ्रिज बन्द भयो, खानाहरु सडिए,मोबाईल, कम्प्युटरको ब्याट्री समाप्त भयो र सवादको संकट पैदा भयो । ट्राफिक लाईट बन्द भएको थियो । सडकै भरी जाम लाग्यो, हाहाकार मच्चियो , पानी जम्मा गर्ने मोटर पम्म चलेन जसले गर्दा मानिसहरुले नदी तथा झरनाबाट पानी बोक्न बाध्य भए ।
भेनेजुएलाले यो वर्ष कैयौ पटक यस्ता संकट झेल्यो , कतिपय बेला यो संकट तुरुन्त सकियो त कतिपय बेला ब्लेकआउट कैयो दिन जारी रह्यो । सेन्ट्रल युनिभर्सिटी अफ् भेनेजुएलाका जुलियो कास्त्रोले यदी अस्पतालमा चार घण्टा मात्रै बिजुली गयो भने पनि यो सामान्य हुदैन । सब भन्दा संकट पानीको हुन्छ । विजुली काटिए पछि विरामीहरुलाई घरैबाट पानी ल्याउन सल्लाह दिन थालियो ।
भेनेजुएला दक्षिण अमेरीकाको एक यस्तो देश हो जो प्राकृतिक तेलबाट मालामाल छ । तर फेरी पनि यहाका जनता विजुली जस्तो जरुरी चीजको कमीसगँ जुधिरहेका छन् । भलै सरकारले यसलाई आतकवादी गतिविधिसगँ जोड्यो । जबकि केही जानकारहरुका अनुसार देशमा यस्तो अवस्था आउनका लागि पूरानो भएको बिजुलीको ग्रिड जिम्मेवार थियो ।
लामो समय र ठूलो स्तरमा बिजुली आपुर्ति बन्द हुनुलाई अग्रेजीमा ब्लेक स्काई ईभेन्ट भनिन्छ । यो अवस्था सिर्फ त्यही देशमा मात्रै छैन जहाँ टावरको अवस्था खराब छ , वायरिगं पुरानो छ र ठीकसगँ राखिएको छैन । बरु अमेरीका , क्यानडा जस्ता विकसित देशमा पनि पटक पटक यस्तो हालत पैदा हुने गरेको छ ।
तर यस्ता देशमा लामो समय बिजुली कटौतीको सामना प्राकृतिक कारण जस्तै समुन्द्री या बर्फीलो तुफानसगँ सम्बन्धित कारणले हुने गरेका छन् ।
यस साल ल्याटीन अमेरीकी देश उरुग्वे,अर्जेन्टिना र पाराग्वेमा बिजुली अन्धकार भएका कारण चार करोड मानिस अध्यारोमा रहनु पर्यो । साथै ब्रिटेनमा अगष्टमा करीब दश लाख मानिस अन्धकारमा रहे । अचानक बिजुली गएका कारण जिन्दगी रुके जस्तो भयो । ट्रेनमा सफर गरीरहेका मानिसहरु त्यही फसे । सडकमा ट्राफिकको हाल बेहाल भयो ।
हुनत अहिले पावर कटको यस्तो घटनाहरुमा कम भएको छ तर जानकारहरुले आशंका गरेका छन् कि बढ्दो जनघनत्वका साथ साथै विजुलीको माग बढे पछि ब्लाक आउट आम हुने छ । यद्यपि, बिजुली आपुर्तिको लागि हावा र सौर्य उर्जा विकल्पको रुपमा प्रयोग भईरहेको छ ।
तर जुन तरीकाबाट जलवायु परिवर्तन भईरहेको छ त्यसलाई हेर्दा यी विकल्पहरुमा धेरै भरोसा गर्न सकिन्न । आज दुनिया एक दोस्रोसगँ जोडिएका छन् दुनियाभरका मानिहरु एक आपसमा सवाद गर्दछन् । एक अर्काको कारोबार सम्बन्ध छ र यो सब कम्प्युटरको मद्धतले हुन्छ र कम्प्युटर बिजुलीबाट चल्छ । यसरी कुनै ठाँउमा बिजुली गयो भने यसको असर पर पर सम्म हुन्छ ।
पावर ग्रिडमाथि हुने खतराबारे नजर राख्ने अन्तराष्ट्रिय संस्था ईलेक्ट्रीक ईन्फास्ट्रक्चर सेक्युरीटी काउन्सील ले ब्लैक स्काई ईभेन्टका कारण प्राकृतिक र मानविय दुवै भएको जनाएको छ । यसमा साईबर टेररिष्ट अट्याक या सुनियोजित रणनीतिबाट कुनै पावर स्टेसन या ग्रिडको नोक्सान पुर्याउन सकिन्छ ।
अनसुन्धानकर्ता मेलिसा लाटले भनेका छन् पावर ग्रिडमाथि मानवीय र प्राकृतिक दुवै तरीकाबाट हुने नोक्सान नयाँ प्रविधिबाट लैस गर्न र यसमा धेरै मोटो रकम खर्च गर्न जरुरी छ । भारतमा सन् २०१२ मा ब्लाक आउट भएको थियो र ६० करोड मानिस दुई दिन सम्म अधेरोमा बस्न बाध्य भएका थिए ।
पुएर्टो रिको मा समुन्द्री तुफान मारियाका कारण पावर सप्लाई पुरै बन्द भयो भने जापानमा पनि भूकम्पका कारण विजुली बन्द हुदाँ ५० लाख मानिस अन्धकारमा रहनु पर्यो । स्वीजरल्याण्ड, ईटाली जस्ता देशमा पनि पावर सप्लाई बन्द हुदाँ देश अन्धकारमा पर्यो ।
आधुनिक पावर ग्रिड बहुत जटिल अर्कोसगँ बाधिएको छ । कुनै पनि बाधालाई पहिले अनुमान गर्न मुस्किल छ । सबै भन्दा धेरै जोडिएको बिजुलीको ग्रिड युरोपेली देशमा छ । करीब २४ देशमा ४० करोड नागरिकको बिजुली सप्लाई हुने गरेको छ । अमेरीकामा पाच अलग अलग ग्रिडले पुरै देशमा बिजुली सप्लाई गर्दछ ।
बदलिदो प्रविधिका साथ ठूलो बिजुली घरमा कुनै पनि गडबडी हुनु पहिल्यै पत्ता लगाउन आर्टिफिसियल ईन्टेलिजेन्सका सहारा लिन थालिएको छ । जसले कुनै पनि गड्बडी देखेर आफैले ठीक गर्ने प्रविधिको विकास भईरहेको छ ।
अमेरीकाको डिपार्टमेन्ट अफ् ईनर्जी यसका लागि ७० लाख डलर आर्थिक मद्धत गरिरहेको छ । साथै पावर ग्रिडमा यति शक्तिशाली ब्याट्री लगाईदैछ कि सप्लाई बन्द भयो भने पनि ग्रिडका जेनेरेटरले काम गर्ने छ । अनुसन्धानकर्ता जुलिया मियाको भनाई छ कि हामीले जति नै सुरक्षा र सावधानी अपनाए पनि पावर ग्रिड पुर्ण रुपले ठप्प हुनबाट बचाउन सकिदैन ।
आवस्यक सावधानी र तयारीका साथ घरमा यस्तो खाना राख्न जरुरी छ जो विना फ्रिज लामो समय सम्म रहन सकोस् । साथै घरमा केही नगद राख्नुहोस् । डेबिड वा क्रेडिट कार्डमा मात्र जिन्दगी नजिउनुहोस् । सबै भन्दा जरुरी एक अर्को कुरा छ कि आफ्नो गाडीमा थोरै अतिरिक्त ईन्धन पनि राख्नुहोस् । ताकि जरुरत पर्दा प्रया्ग गर्न सकियोस् । विजुली जतिखेर पनि जान सक्छ ।
रिचर्ड ग्रे , विविसी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी