-प्रज्वल श्रेष्ठ
भौगोलिक रुपले ड्रयागन ( चीन ) र हात्ती ( भारत ) को बीचमा उभिएको सानो देश हो नेपाल । भौगोलिक रुपले हेर्दा यो ईतिहास देखि नै जुनसुकै बेला पनि ड्रयागनले कुल्चेर समाप्त पार्न सक्ने वा हात्तीले सुडले कब्जा गर्न सक्ने खालको भूगोल हो भन्ने मान्छेहरुलाई लाग्थ्यो । अर्थात चीनले र भारतले चाहेमा नेपाल एकै छिनमा कब्जा गर्छन् भन्ने बुझाई रहेको छ । तर वास्तविकता के हो भने अग्रेज उपनिवेशका बेला कैयौ आक्रमण झेल्दै नेपालले आफ्नो सार्वभौम सत्ता र स्वाभिमानको रक्षा गर्न सफल भयो । तिव्वतसगँ समेत नेपालले युद्ध गर्यो र नेपालको शक्तिको छाप दिन सक्यो ।
चीन नेपाल भन्दा ६५ गुणा ठूलो र भारत २२ गुणा बिशाल छ नेपाल भन्दा । जनसंख्याकै हिशाबले पनि चीन हामी भन्दा ५० गुणा जति ठूलो र भारत ४५ गुणा जति ठूलो छ । यस्तोमा हाम्रो ती मुलुकहरुसगँ भौगोलिक, जनसंख्या, व्यापार वा अर्थतन्त्र कुनै पनि विषयमा तुलना हुने स्थिति छैन । तर अब के त यसको मतलव भारत र चीनले अब नेपालका बिषयमा जे पनि गर्न पाउछन् त ? सानो र कम शक्तिशाली भएकै कारण हाम्रो भूमि भारतको क्रिडा स्थल मात्रै हैन कब्जा गर्न उसले मिल्छ त ? यो संभव छैन र हुन दिनु पनि हुदैन ।
दुई बिशाल छिमेकी मुलुकहरु मिलेर सन् २०१४ मा नेपालको लिपुलेकलाई समेत भारत चीन जोड्ने ब्यापारीक नाका खोल्ने जस्तो बिषयमा बेईजिगंमा सम्झौता गरे । त्यसको बेलैमा सचेततापूर्वक बिरोध गर्ने र अन्तराष्ट्रियकरण गर्न नसक्दा दुवै देशले त्यो सम्झौता खारेज गरेका छैनन् । तात्कालीन प्रधानमन्त्री स्वर्गीय शुसील कोईरालाले दुवै देशलाई पत्राचार गरेको तर भारतबाट जवाफ नआएको भन्ने सार्वजनिक भयो । यदी भारतले जवाफ दिएन वा सुनेन भने त्यस पछि पटक पटक नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य नेताहरुको भ्रमण भयो र भारतमा पनि नेपालका प्रधानमन्त्री र अन्य अधिकारीहरुको नेपाल भ्रमण भएको छ त्यस बखत के नेपालले आफ्नो सार्वभौमसत्ताको विषयमा कुनै प्रश्न या अडान् राख्यो त ? अहँ बिलकुल त्यो पनि देखिदैन ।

यस पछि सुस्तादेखि सन्दकपुर सम्म कालापनी देखि लिपुलेक सम्म सिमा अतिक्रमण भएको जनतालाई भारतीय सुरक्षाबलले दुख दिएको , जमिन मिचेको मात्रै नभई भारततिर बाधँ बाधेर नेपालतिर डुबानमा पारेको कुरा अहिले मात्रै आएको थिएन । कन्चनपुरमा त गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीले हत्या नै गरे । यस विषयमा समेत सरकारले गंभीर प्रश्न उठाउन सकेन ।
हाम्रा सरकारहरु, प्रधानमन्त्रीहरु,राजनीतिक पार्टीहरु जब जनता जाग्छन् तब बक्तव्य निकाल्ने , ऐक्यवद्धता जनाउने, भाषण गर्ने गर्दछन् । तर जब सत्तामा पुग्छन् या त्यस्तो प्रयत्न गरीरहेका हुन्छन् त्यस बेला जनताका ती विषयहरु, देशको सिमानाका ती विषयहरु गौण हुन्छन् र प्रधानमन्त्री भएकै दिन देखि भारतको निम्तो बोकेर बस्दछन् ।
सन् १९६२ मा भारत र चीन बीच युद्ध हुदाँ नेपाली भूमि प्रयोग गर्न दिईएको तर कालापानीबाट भारतले सेना फिर्ता नगरेको भन्ने बिषय कति गंभीर छ ? यति मात्रै हैन कालापनी र लिपुलेक बिनाकै नेपालको राजनीतिक नक्सा नापी विभागले बनाएको विषय नेपाली सञ्चार माध्यममा लामो समयदेखि सार्वजनिक भईरहेकै थियो । र पछि मात्रै नापी विभागले ती भूभाग समेटेर नयाँ नक्सा ल्यायो । तर अहिले सम्म पनि सरकारले सो नक्सा आधिकारीक रुपले सार्वजनिक गर्न सकेको छैन ।
भारतले जम्मु कास्मीरलाई स्वायत्तता खारेज गरे पछि जारी गरेको नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समेट्यो । त्यस पछि जनस्तरमा र राजनीतिक स्तरमा केही बिरोधको स्वर देखा पर्यो । यदी भारतले त्यो नक्सा जारी नगरेको भए त कालापानी त उसले खाईनै रहने रहेछ नि कोही बोलीरहेका थिएनन् ?
त्यसो हुदाँ अब नेपालले आधिकारीक रुपमा भारतलाई कुटनीतिक नोट पठाईएको भन्ने सार्वजनिक भएको छ , त्यसको जवाफ आएको छ कि छैन ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएका कारणले नेपालका लागि बिशेष दुतको रुपमा भारतमा वार्ता गर्न जान लागेको भनिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल जान सकेका छैनन् । भन्ने आएको छ । यो भनेको बिलकुलै भारतले हाम्रा प्रश्नहरुलाई, सिमाको मामलालाई ध्यान दिएको देखिदैन ।
यस्तो अवस्थामा नेपालको विकल्प के हो ? कालापनी कसरी फिर्ता गर्ने भन्ने बिषयमा आम जनताको अभिमत अनुसार यस मद्धालाई अन्तराष्ट्रियकरण गर्नु आवस्यक छ पहिलो चरणमा ।

यस विषयमा सरकारले सयुक्त राष्ट्रसघं सुरक्षा परिषद् , अन्तराष्ट्रिय अदालतमा मुद्धा दायर गर्ने, विवादरहित सिमानामा तारबार वा पर्खाल लगाउने, दुई देशका नागरिक आवत जावत गर्दा भिषाको व्यवस्था गर्ने जस्ता कार्यहरु सरकार यदी राष्ट्रवादी हो भने यसले देशको रक्षाको दायित्व महसुस गरेको छ भने ती कामहरु गर्दै सिमा फिर्ताको निरन्तर पहलकदमी लिनु पर्दछ । अन्यथा केवल जनतालाई झुक्याउने मात्रै काम गर्ने हो भने अब जनताले त्यो सहने वाला छैनन् । सरकारले जनतालाई सधै मुर्ख बनाईरहन सक्दैन । सरकारले गरे नगरेको तीव्रतामै बुझिरहेका छन् । अहिले नै आम मानिसलाई सरकारले चालेको कदम र व्यवहार सिमा फिर्ता गर्ने गरीको देखिदैन भन्ने महसुस हुन थालिसकेको छ ।
जिउ हजुर गरेका भरमा भारतले हाम्रो भूमि फिर्ता गर्दैन, आवस्यक परेका सबै बिकल्पहरु सहित नेपाल अघि बढ्नु पर्दछ । बेलैमा सचेत होऔं । भूगोल सानो होला तर हाम्रो भावना बिशाल छ , हाम्रो शीर विश्वकै अग्लो सगरमाथा जस्तै उचाईको छ । हामी ईतिहासमा कसैबाट पराधीन नभएको स्वाभिमानमा जिउन सिकेका जनता हौं । त्यसैले हाम्रो कालापानी, लिम्पयाधुरा, लिपुलेक सहित मिचिएको सिमाना फिर्ता गर्न जनता जागरुक हुदै गएका छन् ।