अन्तिममा धैर्य नहुदा नेपालले श्रीलकासगँ बराबरी खेल्यो

अन्तिममा धैर्य नहुदा नेपालले श्रीलकासगँ बराबरी खेल्यो

  • बुधबार, मंसिर १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

मंसीर १८ काठमाण्डौं । १३औं दक्षिण एसियाली खेलकुद ९साग०अन्तर्गत् पुरुष फुटबलको समीकरण रोमान्चक बन्दै गएको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासित बराबरी खेलेपछि समीकरण रोमान्चक बनेको हो ।

बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकासित १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले तीन अंक गुमाउन पुग्यो ।

‘इन्जुरी’ समयमा श्रीलंकाका मोहम्मद आकिबले ‘फ्रिकिक’मा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसअघि, खेलको ३७औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत् गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

यसअघिको पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो । श्रीलंकाले भने पहिलो खेलमा माल्दिभ्ससित गोलरहित बराबरी खेलेको थियो ।

त्यस्तै, भुटानले पहिलो खेलमा बंगलादेशमाथि १–० को सनसनीपूर्ण जित हासिल गरेको थियो ।

बंगलादेश र माल्दिभ्सले भने १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

दोस्रो चरणका खेलपछि नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ । भुटान ३ अंकसहित दोस्रो स्थानमा रहँदा माल्दिभ्स र श्रीलंका समान २ अंकका साथ तेस्रो र चौंथो स्थानमा छन् । बंगलादेश १ अंकका साथ पुछारमा छ ।

‘राउन्ड रोबिन लिग’का आधारमा जारी खेलका शीर्ष दुई टोली स्वर्णपदकका लागि फाइनल खेल्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ