काठ निकासी तथा अबैध खानी,ढुङ्गा ,गिट्टी,बालुवा उत्खनन बन्द गर्न चेतावनी

काठ निकासी तथा अबैध खानी,ढुङ्गा ,गिट्टी,बालुवा उत्खनन बन्द गर्न चेतावनी

  • बुधबार, मंसिर १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाडौं १८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद नेपाल उदयपुरले अबैध रुपमा जिल्लामा भैरहेको गिट्टी बालुवा उत्खनन तथा निकासी तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

उदयपर जनपरिषदका संयोजक नरसिंहले आज विज्ञप्ति जारी गर्दे मानव वस्ति नै जोखिमा पार्नेगरी गिट्टी बालुवा उत्खनन गरी भारत निकाशि गरिरहेको प्रति आक्रोस व्यक्त गर्दै उक्र कार्य तत्काल बन्द गर्न चेतावनी दिनु भएको हो ।

उदयपुर जिल्लामा भईरहेका प्राकृतिक श्रोतसाधन संरक्षण र जनताको जिउ धनको सुरक्षाको निम्ति संवन्धित पक्षलाई विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

साथै जिल्लामा भईरहेका भ्रष्टचार, कमिशन, तस्कर, दलाली तथा प्राकृतिक श्रोत साधनको गैरकानुनि रुपमा भैरहेको दोहन रोक्न जनपरिषद नेपाल उदयपुरका जनतासंग सहकार्यमा जस्तो सुकै कारबाही गर्न बाध्य हुने चेतावनी पनि विज्ञपप्ति मार्फत दिनुभएको छ ।

यस्तै बिज्ञप्ति माफर्त उहाले बेलका नगरपालीकामा विपी कन्ट्रक्सनले जनताको खेतियोग्य जमिन मास्दै अबैध गिट्टी वालुवा निकालेको हुँदा आजैदेखी सम्पुर्ण कार्य बन्दगर्न ठेकेदारलाई चेतावनी दिनुभएको छ ।
यस्तै मारुति सिमेन्टका निम्ति चुनढुंगा सप्लायर्स गर्दै आएको सिवओम मल्टि प्रपोज कम्पनीको अवैध खानी उत्खनन्का कारण कटारी नगरपालीकाको १ २ ३ ४ र १२ को ककुर, तावा नदि आसपासको हजारौं जमिन मरुभुमिमा परिणत भएको बताउनु भएको छ ।

यस्तै सिद्धिचरण राजमागृ अन्र्तगत टिप्पर आतंक तत्काल बन्द गर्न र उद्योगले आफनै बाटो बनाई प्रयोग गर्न सम्वन्धित कम्पनी र संचालक राजेन्द्र राउतलाई जानकारी गराउनु भयो ।

साथै काटारी ९ मा रहेको सार्य सिमेन्टको खानी गैरकानुनि रुपमा रहेकाले दिनभित्र जनपरिषद नेपाल उदयपुरको कार्यालयमा दर्ता हुन आग्रह गर्नुभएको छ । उहाँले अहिलेको वर्तमान ओली नेतृत्वको सरकार आफनो कालो कर्तुत लुकाउन आफनो पार्टीका नेता कार्यकर्ता धरपकड र निर्दाेशको हत्यामा उत्रिएको बताउनु भएको छ ।

साथै विज्ञप्तिमा उल्लेख सुचनालाई सम्वन्धित पक्षले वेवास्ता जनपरिषदले जस्तोसुकै कारबाहि गर्ने चेतावनी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ