मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा सम्पन्न

मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा सम्पन्न

  • बुधबार, मंसिर १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

राष्ट्रिय मानवअधिकार आयोगले मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा ९युपीआर० गर्न गण्डकी प्रदेशमा सुझाव सङ्कलनका लागि कार्यशाला गरेको छ ।

सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मानव अधिकारको प्रवद्र्धनका लागि यो विषयमा आमनागरिकलाई सहज र सचेत हुनुपर्ने बताउनुभएको छ ।

संविधानले प्रदान गरेका ३१ वटा मौलिक हकका बारेमा सर्वप्रथम नागरिक जानकार हुनुपर्नेमा जोड दिदैं उहाँले मानव अधिकारमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकारले विशेष कार्ययोजनामार्फत काम गरिरहेको जानकारी दिनुभयो ।

मानव अधिकारको आवधिक समीक्षाले देशको चित्रणलाई विश्वसामु पु¥याउने हँुदा यो विषयमा गहन छलफल र सम्वाद हुनु जरुरी रहेको मन्त्री पुनको भनाइ छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले राज्यका हरेक निकायका व्यक्तिले मानव अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिदैं गरीबी, अशिक्षा र आर्थिक रुपमा कमजोर मुलुकमा मानव अधिकारको विषय बढी उठ्ने गरेकाले यो आर्थिक सवलीकरणसँग पनि जोडिएको बताउनुभयो ।

कास्की जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर क्षेत्रीले राज्य र नागरिकस्तरबाट आफ्नो जिम्मेवारी बुझेर काम गर्न सके मानवअधिकार उल्लङ्घन नहुने बताउँदै समुन्नत समाज सबैको चाहाना भएकाले जिम्मेवारीपूर्वक आ–आफ्नो दायित्व निर्वाह गर्न सबैमा आग्रह गर्नुभयो ।

मानव अधिकारकर्मी टेकनाथ बराल र गैसस महासङ्घका अध्यक्ष बिना सिलवालले प्रहरी तथा स्थानीय निकायको संलग्नतामा नै फौजदारी मुद्दासमेत मेलमिलापमा जाने गर्दा दण्डहीनता बढेको तथा मानव अधिकारको उल्लङ्घन भएको बताउँदै लैङ्गिक हिंसा न्यूनीकरणमा भइरहेका प्रयासको समीक्षा गरेर हिंसारहित समाजको लागि अव नयाँ अभ्यासबाट अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यशालामा गण्डकी प्रदेशका मानव अधिकारकर्मी, सुरक्षा निकाय प्रमुख, नागरिक समाजका अगुवालगायत ८० जनाको सहभागिता रहेका राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशका अध्यक्ष दीपकजङ्ग कार्कीले जानकारी दिनुभयो । सातै प्रदेशको कार्यशालाबाट सङ्कलित सुझावलाई संयुक्त राष्ट्रसङ्घमा पेश गर्ने कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ