मोदीले समय नदिए पछि माधव नेपालको भारत भ्रमण रोकियो

 मोदीले समय नदिए पछि माधव नेपालको भारत भ्रमण रोकियो

  • बुधबार, मंसिर १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

मंसीर १८ काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नदिएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । नेपाल सरकारको तर्फबाट विशेष दूत भएर पूर्वप्रधानमन्त्री नेपाल पछिल्लो समय भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालका भू–भागहरू समेटेपछि उत्पन्न विवादका विषय छलफल गर्न भारत जाने तयारी गरेका थिए । भारतले मिचेको सिमा फिर्ता गर्ने चासो कम देखाएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छलफल गर्न भेट्ने समय समेत नदिए पछि नेपालका तर्फबाट बिशेष दुत नेपाल भ्रमण रोक्न बाध्य भएका हुन् ।

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीका केही भूभाग समेटेपछि नेपालमा भारतको त्यो कार्यको चर्को विरोध भएको थियो।

भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा सीमा विवाद संवादका लागि जाने भनेका नेता नेपालको भारत भ्रमणको विषयमा छलफल भएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ