२३ स्वर्णसहित नेपाल ‘साग’ तालिकाको शीर्ष स्थानमा कायमै

२३ स्वर्णसहित नेपाल ‘साग’ तालिकाको शीर्ष स्थानमा कायमै

  • बुधबार, मंसिर १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद ९साग०को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ ।

मंगलबारका खेल सकिँदासम्म नेपालले जितेको स्वर्णपदकको संख्या २३ पुगेको छ ।

मंगलबारका खेलमा नेपालले एथ्लेटिक्समा एक, करातेमा दुई, उसुतर्फ दुई, तेक्वान्दोमा दुई र दुवाथलनतर्फ एक स्वर्ण जितेको हो ।

मंगलबार एथ्लेटिक्सको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ, करातेतर्फ महिला कुमुतेको ६८ केजीमुनि सुनिता महर्जन र ६७ केजीमुनिको कुमुतेमा नविन रसाइलीले स्वर्णपदक जिते ।

उसुमा छाङ क्वान थाउलोमा सुस्मिता तामाङ र विजय सिंजालीले स्वर्णपदक जिते ।

तेक्वान्दोमा ४६ केजीमुनि तौल समूहमा काजल श्रेष्ठ र ६८ केजीमुनि तौल समूहमा वीरबहादुर महराले स्वर्णपदक दिलाए ।ट्रायथलनअन्तर्गत्को दुवाथलनमा हिमाल टमाटाले स्वर्णपदक जिते ।

नेपालले मंगलबारसम्म २३ स्वर्ण, ९ रजत र १२ कास्यसहित ४४ पदक जितेको छ । दोस्रो स्थानको भारतले १२ स्वर्ण, १२ रजत र ९ कास्यसहित ३३ पदक जितेको छ ।

तेस्रो स्थानको श्रीलंकाको ५ स्वर्ण, १४ रजत र २७ कास्यसहित ४६ पदक रहेको छ । चौथो स्थानको पाकिस्तानको ५ स्वर्ण, ११ रजत र ९ कास्यसहित २५ पदक जितेको छ ।

बंगलबादेश ४ स्वर्ण, ३ रजत र २१ कास्यसहित २८ पदक बटुल्दै पाँचौं स्थानमा छ । एक स्वर्णपदक जितेको माल्दिभ्स छैटौं स्थानमा छ भने पुछारको भुटानले ३ कास्यपदक जितेको छ ।

नेपालले सोमबारमात्रै तेक्वान्दो र करातेमा ७र७ तथा ट्रायथलनमा एक गरी एकैदिन १५ स्वर्णपदक जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ