प्रचण्डलाई भैसी पूजा गराउने सिद्धबाबाको सञ्जाल कत्रो ?

प्रचण्डलाई भैसी पूजा गराउने सिद्धबाबाको सञ्जाल कत्रो ?

  • बुधबार, मंसिर १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

मंसीर १८ काठमाण्डौं ।  बलात्कार गरेको आरोप लागेका सुनसरी चताराका सिद्धबाबा भनिने कृष्णदास गिरीको संजाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ ।

गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म दर्शनका ज्ञाता, विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेको बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन् ।

यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सुरक्षा निकायमा प्रमुख, कूटनीतिक नियोगका प्रमुसँगै विदेशी शक्ति केन्द्रसँग ‘कन्भिन्स’ गरेर ल्याउँथे ।

नामुद ब्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त उनले निम्तो गर्नासाथ आश्रम पुग्थे ।

गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर संचालन गरे । त्यो बेला क्रान्तिकारी कम्युनिष्ट नेता पुष्पकमल दाहाल प्रचण्डलाई झिकाएर भैंसी पूजा गराए । प्रचण्डको उक्त भैंसी पूजालाई लिएर निकै आलोचना भएको थियो ।

दाहालपछि आयुर्वेदिक विश्वविद्यालयको शिलन्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदुत रन्जित रेलाई डाके ।

थुप्रै पटक मन्त्री भइका र अहिले बलात्कार आरोपमै पुर्पक्ष थुनामा कारागार रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि गिरीको आश्रममा आशीर्वाद लिन आएका थिए । आजको नागरिक दैनिकले यो खबर लेखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ