केराबाट मःमः देखि समोसासम्म, इलामकf विकास राईले बनाउछन् ४० बढी परिकार

केराबाट मःमः देखि समोसासम्म, इलामकf विकास राईले बनाउछन् ४० बढी परिकार

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

– टीका खतिवडा
मङ्गलबारे, १७ मङ्सिर । सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् ।

इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहनुभएको छ । गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालीम लिएर फर्किएका राईले गाउँमै उत्पादित केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, कपौडा, खीर, अचार, तरकारीलगायत परिकार बजारमा पठाउन थाल्नुभएको छ ।

हाल बजारमा केराको परिकार ग्राहकले कतिको मन पराउँछन् भनेर विभिन्न मेला र महोत्सवसमेत आयोजना गरिसक्नुभएका राईले अब केराको मात्र परिकार बनाउने गरी रु पाँच लाखको लगानीमा गाउँमै रेष्टुरेन्ट सञ्चालनको तयारी गर्नुुभएको छ । “एकपटक आएका ग्राहक फेरि फर्किएर आइरहेका छन्, पक्कै मन पराएरै उनीहरू आएको हुनुपर्छ ।”, उहाँले भन्नुभयो । सलकपुरका भारतीय ग्राहक पनि आउने गर्छन् ।

अहिले बजारमा केराको राम्रै माग छ । कुनै परिकार निर्माण नगर्दा पनि राम्रै मूल्यमा बिक्री हुने केराबाट परिकारसमेत बनाउन थालेपछि अझ यसको भाउ बढ्न सक्छ । राईले उत्पादन गरेका केराका परिकार जारी प्रथम सूर्योदय नगर पर्यटन महोत्सवमा छ । यही मङ्सिर १४ गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवमा आउने पर्यटकले केराका विभिन्न परिकार खाने तथा कोशेलीको रुपमा लैजानेसमेत गर्नुभएको छ । महोत्सवमा घुम्न आउनुभएका झापाका दिपीन राईले केराबाट निर्मित परिकार गुणस्तरीय, सफा र राम्रो भएको बताउनुभयो ।

केरा मानिसको शरीरलाई आवश्यक र पौष्टिक आहारको रूपमा लिइन्छ । केरामा पाइने भिटामिन सी, भिटामिन बी सिक्स, म्यागनिज, पोटासियम, फाइबर र बायोटिनजस्ता तत्व शरीरका लागि जरुरी पोषकको रूपमा लिइन्छ । यस्ता तत्वले शरीरलाई आवश्यक क्यालोरी प्रदान गर्दै तौल बढाउन सहयोग पु¥याउने विज्ञहरूको भनाइ छ । आवश्यकभन्दा बढी केरा खाएमा त्यसमा पाइने क्यालोरीले तौल बढाउन सक्ने भन्दै बढी तौल भएकाले धेरै केरा खान हुँदैन ।

केराको चिप्स बनाउने तरिका

केराबाट आलुको जस्तै चिप्स पनि निर्माण गर्न सकिन्छ । यसबाट निर्माण गरिएको चिप्सलाई ‘बनाना चिप्स’ भन्ने गरिएको छ । बनाना चिप्स अङ्ग्रेजी नाम मात्र हो । यसलाई बनाउन काँचो केरालाई ताछेर काट्नुपर्छ । काटिएको केरालाई तेलमा फ्राइ गरेर मसलासहितको नुन राखेर चिप्स निर्माण गर्न सकिन्छ, धेरैले यसलाई मन पराउने गरेका छन् । एकपटक खाएको केराको चिप्स खाएकाले पटक–पटक यसकै माग गर्ने गरेका छन् । चिप्समा केराको बास्ना आउने भएकाले पनि अनौठो स्वादका रूपमा यसलाई लिने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी