जीप दुर्घटनाः मृतक १४ जनाकै सनाखत, धेरै यात्रु देखेपछि दुर्घटनाअघि ट्राफिकले ८ जनालाई झारेको थियो

जीप दुर्घटनाः मृतक १४ जनाकै सनाखत, धेरै यात्रु देखेपछि दुर्घटनाअघि ट्राफिकले ८ जनालाई झारेको थियो

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

बाग्लुुङ, १७ मंसिर ।
बाग्लुङको पश्चिम बडिगाड गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु हुने १४ जनाकै पहिचान खुलेको छ ।
गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोलातर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका ७ भिमगिठेको घोकर्नामा दुर्घटनामा परेको थियो।
दुर्घटनामा मृत्युहुनेहरुमा गुल्मी इश्मा गाउँपालिका ५ का वर्ष ३० का सूचना कार्की, वर्ष ४० की बसुन्धरा कार्की, वर्ष २२ की माया थापा, वडा नम्बर ४ का सवारी धनी तथा चालक वर्ष २५ का रेशम थापा रहेका छन्।
यस्तै ४० वर्षीया सिता कार्की, उनकी चार वर्षीया छोरी अनुसा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीया महेन्द्र कार्की, ४० वर्षीय भुमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासीको बर्दघाट नगरपालिका २ बस्ने ६० वर्षीया मुमा कार्की, बडिगाड गाउँपालिका ५ का ५५ वर्षीया लक्ष्मी केसी, कञ्चनपुर बस्ने ५५ वर्षीय धनबहादुर कार्की रहेका छन् । इश्मा गाउँपालिकाकै ६५ वर्षीय धनबहादुर कार्की भने अझै बेपत्ता छन्।
दुर्घटनाका घाईते तीनजना ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले गुल्मीका सांसद मन्त्री गोकर्ण बिष्ट आएर घाइतेलाई काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको जानकारी दिए ।
उक्त जीप तीव्र गतिका कारण दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी निरीक्षक रिणबहादुर बैदवारले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त जीप मध्यपहाडी लोकमार्गको सडक छेउका चार पिल्लर भाँच्दै करिब ५ सय मिटर तल खोलामा खसेको छ ।
गुल्मीको इश्मा गाउँपालिकाबाट बालबच्चाबाहेक २२ जना यात्रु बोकेर आएको जीप दुर्घटना हुनुभन्दा करिब आधा घण्टा अगाडी ग्वालीचौरको खौलारामा ट्राफिक कारवाहीमा परेको देखिएको थियो ।
ट्राफिक प्रहरीले ओभरलोड भएको भन्दै आठजनालाई सोही स्थानमै झारेको थियो । दुर्घटनामा परेको जीपमा बालबच्चा सहित १८ जना सवार थिए ।
ट्राफिकले झारेका यात्रुले अर्को गाडी खोजेर हिँडेको भीमबहादुर कार्कीले बताए । दुर्घटनामा परेका सबै बुधबार निसीखोलाको बायखोलामा कार्की बन्धुको कुलपूजाका लागि जाँदै थिए ।
निसीखोलामा मंगलबार राती कार्की दाजुभाइको कुल पूजाका लागि झाँक्रीसहित जाँगन बस्ने र बुधबार कुल पूज्ने कार्यक्रम थियो । दुर्घटना पछि कार्की गाउँ भनेर चिनिने निसीखोला १ को बायखोला गाउँसहित गुल्मी इश्मा स्तब्ध बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ