मंसिर १७, बागलुङ ।
बाग्लुङको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
गुल्मीको ईस्माबबाट बुर्तिबाङ आउँदै गरेको जीप आज मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा थप तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। अर्का एक बालक हराइरहेका छन्।
ग १ ज ५२१९ नम्वरको जीप बडिगाड गाउँपालिका –७ भिङगिठे घोपर्नाबाट खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द भट्टराईले जानकारी दिनुभयो ।
दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यू भएको छ । तीनजनाको उद्धार गरी बुर्तिवाङ पठाइएको भट्टराईले बताउनु भयो ।
मृत्यु हुनेहरुमा निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोला देवाली पूजाका लागि आउँदै गरेका यात्रुहरु परेका प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।