१७ मंसिर, काठमाडौं ।
दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज बिहान भएको १५०० मिटर पुरूष दौड प्रतियोगितामा स्वर्ण र रजत दुवै पदक भारतले जितेको छ ।
नेपालले भने कास्य पदक जित्यो । दशरथ रंगशालामा भएको खेलमा नेपालका टंक कार्कीले कास्य पदक हासिल गरे ।
स्वर्ण पदक भारतका सजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् । पहिलो दिन १५ स्वर्ण जित्दै पदक तालिकामा अग्रता बनाएको नेपालले यो समाचार तयार पार्दासम्म थप ३ स्वर्ण थप्दै १८ र्पुयाएको छ ।
उसुको थाउलोमा २ र दुवाथोलनमा अर्को १ गरी नेपालले थप ३ स्वर्ण हासिल गरेको हो । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।त्यस्तै, पोखरामा भएको दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।
१३ औं सागअन्तर्गत अहिले विभिन्न खेलहरू भइरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline