१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ ।
उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।
सुस्मिताले अघिल्लो संस्करणमा स्वर्ण जित्न सकेकी थिइनन् । ‘गोल्ड जित्छु भनेर नै मेहनत गरेको थिएँ । आज सफल भएँ । एकदमै खुसी छु’, पदक जितेपछि खुसी हुँदै उनले भनिन् ।
आजदेखि शुरु उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भइरहेको छ ।
थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।
आजै पोखरामा आयोजित दुवाथोलनमा पनि नेपालका हिमाल टमाटाले स्वर्णपदक जितेका छन् । यही प्रतिस्पर्धामा नेपालकै लक्ष्मण मल्ल दोस्रो हुँदै रजत पदक जितेका छन् ।
नेपालले सोमबार एकै दिन १५ स्वर्णपदक जितेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline