बाराको प्रसिद्ध गढीमाई मेलामा आजदेखि पशुबली दिन थालियो

बाराको प्रसिद्ध गढीमाई मेलामा आजदेखि पशुबली दिन थालियो

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

मंसिर १७, काठमाडौं ।

गत मंसिर १ गते सुरु भएको बाराको प्रसिद्ध गढीमाई मेलामा आजदेखि बली दिन थालिएको छ ।

महागढीमाई १ बरियारपुरमा जारीे मेलामा आज बिहानदेखि बली दिन शुरू गरिएको हो।

पशु अधिकारकर्मीको विरोधका बाबजुद सुरु भएको बली दिने काम भोलि साँझसम्म चल्नेछ। दुई दिनसम्म चल्ने बलीका लागि ठूलो संख्यामा राँगा, बोका तथा परेवा ल्याइएको छ।

बली दिन भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आएको मेला व्यवस्थापन समितिले जनाएको छ।

हरेक पाँचपाँच वर्षमा लाग्ने गढीमाई मेलामा ठूलो संख्यामा पशुबली दिइन्छ। सर्वोच्च अदालतले परमादेशमार्फत् पशुबली व्यवस्थापन गर्न भने पनि सरकारले कुनै पहल गर्न सकेको छैन्।

भारतको सर्वोच्च अदालतले पनि त्यहाँका नागरिकलाई गढीमाई मन्दिरमा पशुबली नदिन आदेश दिएको छ।

आदेशअनुसार उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायतका प्रदेश सरकारले पशुबली नदिन आफ्ना नगारिकलाई सूचित गर्दै आए पनि नागरिकहरु रोकिएका छैनन्। गढीमाई मेला मंसिर महिनाभर चल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ