आज २८ औं अन्तराष्ट्रिय अपांगता दिवस

आज २८ औं अन्तराष्ट्रिय अपांगता दिवस

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

मंसिर १७, काठमाडौं ।

आज अपांगता भएका ब्यक्तिहरुको २८ औं अन्तराष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ।

अपांगता भएकाहरुको मानव अधिकारका विषयमा वकालत गर्दै यो दिवस मनाउने गरिन्छ। दिवशको यो वर्षको नारा ’दिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्य’ भन्ने तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि यो दिवस मनाउन सुरू गरिएको हो। नेपालमा सन् १९९३ देखि दिवस मनाउन थालिएको हो।

२०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख छ।

दिवसका अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताउनुभएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ