रकम अभावमा अस्पतालमै गर्भवतीको मृत्यु, मृतक श्रीमती छाडेर श्रीमान बेपत्ता

रकम अभावमा अस्पतालमै गर्भवतीको मृत्यु, मृतक श्रीमती छाडेर श्रीमान बेपत्ता

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

उदयपुर, १७ मंसिर । उदयपुरको उदयपुरगढी गाउँपालिका– ८ की गर्भवती महिलाको उपचारका लागि पैसा नहुँदा ज्यान गएको छ ।

आइतवार बिहान प्रसूति बेथा लागेर जिल्ला अस्पताल गाईघाट ल्याइएकी २४ वर्षीया सरिष्मा आचार्यको उपचारका लागि रकम अभावमा मृत्यु भएको हो ।

उनलाई श्रीमान प्रेम बुढाथोकीले अस्पताल ल्याएका थिए । चिकित्सकले प्रारम्भिक उपचारपछि तत्काल बाहिर लैजान सुझाव दिए । तर उनीसँग अन्यत्र लैजान पर्याप्त रकम थिएन । जिल्ला अस्पताल गाईघाट ल्याउन पनि उनले घरबेटीसँग एक हजार रुपैयाँ मागेका रहेछन् ।

गर्भवतीको शरीरमा रगतको मात्रा कम भएको र जतिसक्दो चाँडो रगत चढाउनु पर्ने भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान जिल्ला अस्पताल गाईघाटका प्रसूति चिकित्सक अमरेशकुमार मेहत्ताले रेफर गरेका थिए ।

तर श्रीमान प्रेमले रकम अभावमा अन्य अस्पताल लैजान सकेनन् । फलस्वरुप रेफर गरेको केही घण्टामा नै अस्पतालमै गर्भवतीको ज्यान गयो । त्यसपछि श्रीमान प्रेम आफन्त बोलाउन जाने बहानामा अस्पतालबाट बाहिरिए र पुनः फर्केर आएनन् ।

गर्भवतीको शरीरमा रगतको कमि भएकाले रक्त अल्पता भएको र फोक्सोमा पानी जमेकाले नाक, मुखबाट रगत बगेर मृत्यु भएको जिल्ला अस्पताल गाईघाटका प्रसूति चिकित्सक मेहत्ताले बताए । -राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ