काठमाडौं, १६ मंसिर ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ३–१ ले पराजित गरेको हो ।
बङ्गलादेशले पहिलो सेट २५–२३ अङ्कले जितेको थियो । त्यसपछि भने श्रीलङ्काले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । श्रीलङ्काले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा चौथो सेट २५–२१ अङ्कले जितेको हो । पुरुष भलिबलको स्वर्ण पदकका लागि मङ्गलबार भारत र पाकिस्तान भिड्ने छन् ।
तेह्रौँ सागअन्तर्गत सोमबार दशरथ रङ्गशालाको कभड हलमा भएको श्रीलङ्का र बङ्गलादेश बीचको भलिबल खेलमा हरियो रङ्गको जर्सीलगाएका बंगलादेशका खेलाडी सटर बल प्रहार गर्दै ।
तेह्रौँ सागअन्तर्गत सोमबार दशरथ रङ्गशालाको कभड हलमा भएको श्रीलङ्का र बङ्गलादेश बीचको भलिबल खेलमा कलेजी रङ्गको जर्सीलगाएका श्रीलङ्का खेलाडी सटर बल प्रहार गर्दै ।

तस्वीर :प्रदीपराज वन्त