जनताको पक्षमा काम गर्ने श्रीमानको सपना पूरा गर्छुः प्रदेश सदस्य वली

जनताको पक्षमा काम गर्ने श्रीमानको सपना पूरा गर्छुः प्रदेश सदस्य वली

  • सोमवार, मंसिर १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

दाङ, १६ मङ्सिर । दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री (वली) आफू सधैँ जनताको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट आज विजयीको प्रमाणपत्र लिएपछि खत्रीले आफूलाई पश्चिमका जनताले अमूल्य मत प्रदान गरी विजयी बनाएकामा धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, “आफूलाई जनताले आफ्ना दिवंगत श्रीमान् उत्तरकुमार वलीको सपना पूरा गर्ने जिम्मेवारी सुम्पेका छन्, म जिम्मेवारीलाई पूरा गरेर छाड्नेछु ।” उहाँले मतदानमा सहभागी मतदाता, सुरक्षामा खटिने सम्पूर्ण सुरक्षा निकाय, मतदान अधिकृत कार्यालयमा प्रमुख तथा प्रतिनिधि, सरकारका सबै तहका कर्मचारी, पार्टीका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी तथा सबैलाई धन्यवाद दिनुभयो ।

सो अवसमा प्रजिअ गोविन्दप्रसाद रिजालले बधाई तथा सफलताको शुभकामना दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ