सागको पहिलो दिन नेपालले कतिवटा स्वर्ण जित्यो ? (फोटोफिचर)

सागको पहिलो दिन नेपालले कतिवटा स्वर्ण जित्यो ? (फोटोफिचर)

  • सोमवार, मंसिर १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौं, मंसिर १६ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ९ स्वर्ण पदक जितेको छ । साग अन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू माडेनले स्वर्ण पदक जितेकी छिन् ।
सिनाले पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन ।

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् । पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन । तेक्वान्दोमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् । कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ ।

८४ केजीमाथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६–५ को जित निकालेका हुन् । करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे ।

कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । आज नै भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । यसअघि नेपालको लागि पहिलो स्वर्ण कराँतेका मण्डेकाजी श्रेष्ठले नै पुरुष एकल कातामा जितेका थिए ।

नेपालका लागि दोस्रो स्वर्ण महिलातर्फ ट्रायथोलनमा सोनी गुरुङले जितेकी थिइन । यस्तै कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छिन् । नेपालले आज पोखरामा भएको पुरूष ट्रायथोलनमा कास्य पदक जितेको छ ।

नेपालका लागि नितेश मानन्धरले काष्य पदक दिलाएका हुन् । स्वर्ण पदक भने भारतको पोल्टामा परेको छ । यस्तै ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपालले कास्य पदक जितेको छ । यससँगै सागमा नेपालको १० स्वर्ण, २ रजत र २ कास्य पदक भएको छ ।

पदक जितेकी छिन् । नेपालले आज पोखरामा भएको पुरूष ट्रायथोलनमा कास्य पदक जितेको छ ।

नेपालका लागि नितेश मानन्धरले काष्य पदक दिलाएका हुन् । स्वर्ण पदक भने भारतको पोल्टामा परेको छ । यस्तै ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपालले कास्य पदक जितेको छ । यससँगै सागमा नेपालको १० स्वर्ण, २ रजत र २ कास्य पदक भएको छ ।

ललितपुरको सातदोबाटो मा सोमबार १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा कमल श्रेष्ठ ले तेक्वान्दो पुम्से विधाको २४–२९ वर्ष विधामा स्वर्ण पदक जितेपछि खुसी हुँदै नेपालको झन्डा फराउँदै । ललितपुरको सातदोबाटो मा सोमबार १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा कमल श्रेष्ठ ले तेक्वान्दो पुम्से विधाको २४–२९ वर्ष विधामा स्वर्ण पदक जितेपछि खुसी हुँदै नेपालको झन्डा फराउँदै । ललितपुरको सातदोबाटोमा सोमबार १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो पुम्से विधाको १७ -२३ वर्ष विधामा स्वर्ण पदक जितेपछि सिना मादेन लिम्बू ।ललितपुरको सातदोबाटोमा सोमबार १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो पुम्से विधाको १७-२३ वर्ष विधामा स्वर्ण पदक जितेपछि सिना मादेन लिम्बू । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को सोमबार पोखरामा सम्पन्न ट्रायथोलन अन्तर्गत महिलातर्फ स्वर्ण पदक विजेता नेपालका सोनी गुरुङ । काठमाडौँको दशरथ रङगशालामा सोमबार आयोजित १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता कराँतेको पुरूष एकल काँतामा विजयी पछि मन्डेकाजी श्रेष्ठ । श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका हुुन् ।निर्मला तामाङ , सङ्गीता मगर , सरू कार्की सोमबार तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) कराँते महिला टिम काँतामा स्वर्ण पद हासिल गरेपछि नेपालको झन्डा फहराउँदै

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ