काठमाडाैं, १६ मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासँग ४२-२५ ले पराजित भइन् ।
यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बंगलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेकी हुन् ।
सो स्पर्धामा बंगलादेशकी अख्तर र श्रीलंकाकी हेटश आराची लागेले काश्य पदक जितिन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline