बलात्कार मुद्दा दायर गरेलगत्तै अस्पताल भर्ना भएका सिद्दबाबा भनिने कृष्णराज गिरी आइसीयूबाटै पक्राउ 

बलात्कार मुद्दा दायर गरेलगत्तै अस्पताल भर्ना भएका सिद्दबाबा भनिने कृष्णराज गिरी आइसीयूबाटै पक्राउ 

  • सोमवार, मंसिर १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

इटहरी, १६ मंसिर ।  सिद्दबाबा भनिने कृष्णराज गिरी बलात्कारको आरोपमा बिराट नर्सिङ होम बिराटनगरको आइसीयूबाट पक्राउ परेका छन्।

सुनसरी सताराका गिरीलाई सोमबार बिहान पाँच बजे अस्पतालबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकार दिए। जिल्ला प्रहरी कार्यलय सुनसरीले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेपछि शुक्रबार पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो।

मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान गर्न बिहीबारदेखि नै टोली खटाएको थियो। त्यो सुइँको पाएलगत्तै उनी शुक्रबार बिहान विराट नर्सिङ होम भर्ना भएका थिए। पक्राउ गर्ने योजनासहित आइतबार बिहान प्रहरी अस्पताल पुगेपछि उनलाई आइसियुमा भर्ना गरिएको थियो।

उनलाई छात्ती, मुटु, प्रोस्टेट तथा मिर्गाैलाको पत्थरीको समस्या रहेको अस्पतालले बताउँदै आएको थियो। तर आइतबार बिहान एकाएक मुटु र छातीमा समस्या देखिएको भन्दै आइसियुमा भर्ना गरिएको अस्पतालको भनाइ छ। पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ