काठमाडाैं, १५ मंसिर ।
लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट लागू औषधसहित एक जना पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा काठमाण्डौ महानगरपालीका वडा नम्बर ४, धुम्बराही स्थित सडक किनारबाट जिल्ला गोरखा, चुमनोबी गाउँपालिका ४स्थाई ठेगाना भई हाल जिल्ला काठमाण्डौ वडा नम्बर ६, रामनगर बस्ने बर्ष ५६को ओडगेनलामालाई लागू औषध एम्फेटामाईन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८८१ ट्याबलेट सहित पक्राउ गरेको हो ।
लामाको साथबाट लागू औषध एम्फेटामाईन ९आईस० २९ ग्राम, कोकिन ४ ग्राम र यावा ९९ ट्याबलेट र कोठामा लुकाईराखेको अवस्थामा लागू औषध एम्फेटामाईन (आईस) १ किलो २०० ग्राम, कोकिन ८६ ग्राम र यावा ७१२ ट्याबलेट गरी कुल जम्मा लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८८१ ट्याबलेटबरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ओडगेन लामा यसअघि पनि २०६२ साल कार्तिक ७ गते ५६ के।जि। ४०० ग्राम लागू औषध चरेस सहित पक्राउ परी २ बर्ष ६ महिना कैद भूक्तान गरेका व्यक्ति हुन । उनी भारतमा बसी नेपालको पूर्वी सिमानाका हुदैकाठमाण्डौलाई केन्द्रीत गरी लागू औषध एम्फेटामाईन, कोकिन र यावा कारोवार गर्नेमुख्य व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

लामामाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको समेत लागू औषध नियन्त्रण व्यूरोले जनाएको छ ।