ढिस्कोमा पुरिएर मृत्यु हुनेकाे सङ्ख्या पाँच पुग्याे, घटनाप्रति विप्लव नेतृत्वकाे नेकपाद्वारा दुख व्यक्त

ढिस्कोमा पुरिएर मृत्यु हुनेकाे सङ्ख्या पाँच पुग्याे, घटनाप्रति विप्लव नेतृत्वकाे नेकपाद्वारा दुख व्यक्त

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

पोखरा, १५ मङ्सिर ।
कास्कीको पोखरा महानगरपालिकाको–२० स्थित मौंजा विसौंनामा आज बिहान माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेकेा सङ्ख्या पाँच पुगेकेा छ ।

मृत्यु हुनेमा मजदुर सल्यानको बाघचोर नगरपालिका–४, पेदीखोलाका तोबान बस्नेत, जितबहादुर बस्नेत, खिमलाल ओली र गणेश ओली रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो ।

भलाम–मौंजा ग्रामीण सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ती कामदारको मृत्यु भएको हो ।

यसैबीच, कास्कीको पोखरा महानगरपालिका २० मौजामा ढिस्कोले पुरिएर सल्यानका ५ जना मजदुरको निधन भएको घटनाप्रति नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले दुख व्यक्त गरेको छ ।

उक्त पार्टी सल्यान जिल्ला सेक्रेटरी लोक्पालले आइतबार जारी गरेको शोक वक्तव्यमा बागचौर नगरपालिका वडा नम्बर ५ पेदिखोला निवासी जागेन्द्र बुढाथोकी, दोभान बस्नेत, जित बहादुर बस्नेत, गनेश ओली र खिमलाल ओलीको मृत्यु भएको जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘देशमा व्याप्त बेरोजगारी समस्याले गर्दा आम जनसमुदायीहरु दिन प्रतिदिन रोजगारीको लागि घर छोड्न बाध्य भएका छन् । एकतिर सरकारले युवा रोजगारको नारा लगाउदै आफ्नो सत्ता लम्ब्याइरहेको छ भने अर्कोतर्फ गरिबीको कारण युवाहरु रोजगारको लागि आफ्नो ज्यान बाजीमा राखिरहेका छन् । यो देशको कहालीलाग्दो अवस्था हो ।’

साथै उक्त पार्टीले आगामी दिनमा यस्ता कामहरुमा सम्बन्धीत निकायले सतर्कता अपनाउन र सरकारलाई रोजगारको ग्यारेन्टी गर्न आग्रह गरेको छ । वक्तव्यमा मृतकको परिवारलाई उचित क्षतिपुर्ती दिन माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ