पोखरामा माटोको ढिस्कोमा पुरिएर तीन मजदुरको मृत्यु, अन्य केही पुरिएको आशङ्का

पोखरामा माटोको ढिस्कोमा पुरिएर तीन मजदुरको मृत्यु, अन्य केही पुरिएको आशङ्का

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

पोखरा, १५ मंसिर ।

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ ।

बिहान करिव पौने ९ बजेको समयमा बाटो खन्ने क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोले निर्माण मजदुर पुरिएका थिए ।

घटनास्थलबाट पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो ।

अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन् । पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । अहिले प्रहरी घटनास्थलतर्फ गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ