१३ औं साग आजबाटः तयारी भव्य, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

१३ औं साग आजबाटः तयारी भव्य, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

खेल र पदक संख्याका आधारमा हालसम्मकै बृहत

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, मंसिर १५ । दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण आजबाट औपचारिक रुपले सुरु हुँदैछ । आज साँझ त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने भव्य र रंगिन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गर्नेछिन् ।

२०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रंगशाला चार वर्ष लगाएर पुनर्निमाण गरिएपछि आज पहिलो पटक औपचारिक समारोह आयोजना गर्न तयार भएको छ ।

झण्डै साँढे तिन घण्टासम्म चल्ने उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड, तराइलगायत दक्षिण एशियाकै संस्कृती र पहिचान झल्कीने झाँकीहरु प्रस्तुत गरिने बताईएको छ ।

उद्घाटन समारोहमा ७ हजारभन्दा बढी कलाकारहरु सहभागि हुँदैछन् । दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नेछन् ।

यसैगरी सागका स्वर्णपदकधारी भारत्तोलन खेलाडी कमल बहादुर अधिकारीले मार्च पासमा नेपालको झण्डा बोक्नेछन् भने खेलाडीहरुको तर्फबाट तेक्वान्दो खेलाडी आयसा शाक्यले शपथ लिनेछिन् ।

१० दिनसम्म चल्ने १३ औं सागमा ७ देशका झण्डै ३ हजार खेलाडी सहभागि हुँदैछन् । सागमा समावेश गरिएको २६ खेलमा तीन सय १७ स्वर्ण, तीन सय १७ रजत र चार सय ८१ कास्य गरी एक हजार एक सय १५ पदकका लागि भिडन्त हुँदैछ ।

थ्री बाई थ्री बास्केटबल र बिच भलिबल अनअफिसियल खेल हुन् । १३ औं सागअन्तर्गत काठमाडौंमा १९, पोखरामा ८ र जनकपुरमा एउटा खेल हुनेछ । नेपालले दक्षिण एसियाली खेलकुद आयोजना गरेको यो तेस्रो पटक हो ।

यसअघि सन् १९८४ मा काठमाडौंमा पहिलो साग आयोजना गरिएको थियो भने १९९९ मा दोस्रो पटक नेपालले आठौं साग आयोजना गरेको थियो । २० वर्षपछि नेपालले फेरी दक्षिण एसियाली खेलकुदको यो महाकुम्भ आयोजना गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ